पीसीआर टेष्टको नयाँ शुल्क तोक्दै सरकार ,आवश्यक परे पीसीआर फ्री गर्ने तयारीमा — OSNepal

पीसीआर टेष्टको नयाँ शुल्क तोक्दै सरकार ,आवश्यक परे पीसीआर फ्री गर्ने तयारीमा

LC (KTM) January 18, 2022 0

काठमाडौं ४ माघ । सरकारले कोभिड-१९ को परीक्षण ९पीसीआर टेष्ट०को नयाँ शुल्क तोक्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव रोशन पोखरेलले दिएको जानकारी अनुसार भोली बुधबार सम्म (पीसीआर टेष्ट)को नयाँ शुल्क तोक्ने विषयमा निर्णय हुने जनाएका छन् ।

निजि अस्पताहरुले प्रत्येक व्यक्ति पिसिआर परिक्षण गरेको २ हजार लिँदै आएकोमा सांसदहरुले यो शुल्क महंगो भएको भन्दै विरोध जनाएपछि सरकारले यस विषयमा थप निणर्य लिने भएको हो ।

मंगलबार बसेको संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा सचिव पोखरेलले शुल्क समायोजनको समिति बनेको समेत जानकारी दिएका छन् ।

‘आज बेलुका वा भोलिसम्म एउटा निर्णय गरेर निजी र सरकारी अस्पतालको पीसीआर शुल्क पुनः समायोजन गर्ने र आवश्यकता अनुसार पीसीआर फ्री गर्ने गरी एउटा निर्णयमा जान्छौं ।’ उनले भनेका छन् ।

उनले सरकारी अस्पतालमा भने आफुहरुले यो पीसीआर परिक्षण फ्रिमा गरेको पनि बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर