मधेसको नामले प्रदेशमा अधिकार प्राप्तीको लागि ढोका खोलिदियो : राजेन्द्र महतो — OSNepal

मधेसको नामले प्रदेशमा अधिकार प्राप्तीको लागि ढोका खोलिदियो : राजेन्द्र महतो

LC (KTM) January 18, 2022 0

काठमाडौं ४ माघ । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका नेता राजेन्द्र महतोले मधेसको नामले प्रदेशमा पहिचान स्थापीत भएको बताएका छन् ।

सोमबार मतदान प्रक्रियाबाट प्रदेश २ को नाम मधेस र स्थायी राजधानी जनकपुर कायम भएपछि मधेस प्रदशेमा खुसीयाली छाएको छ ।

सो खुसीको अवसरमा काठमाडौंमा आयोजित बधाई कार्यक्रममा नेता महतोले मधेस प्रदेशको नामले अधिकार प्राप्तीको लागि ढोका खोलिदिएको बताएका छन् ।

अधिकार, पहिचान र बहुलराज्य मान्यतालाई स्थापित गराउने आफूहरूको अभियान सफलतातर्फ अघि बढेको दावी गरेका उनले पहिचान सहितको संघीयता र संघीयतासहितको संविधानको नारा लगाएपनि अधिकांश प्रदेशले पहिचान पाउन नसकेको जिकिर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर