ओमिक्रोनविरुद्ध रूसी खोप प्रभावकारी — OSNepal

ओमिक्रोनविरुद्ध रूसी खोप प्रभावकारी

LC (KTM) January 18, 2022 0

मस्को, रूस, ४ माघ -रूसमा विकसित स्पुत्निक–भी खोप कोरोनाको ओमिक्रोन भेरिएन्टविरुद्ध प्रभावकारी हुने खोप निर्माता कम्पनीले दावी गरेको छ । स्पुत्निक–भी खोपको निर्माता कम्पनी गामलेय रिसर्च सेन्टरका प्रमुख एलेक्जेन्डर जिन्ट्सवर्गले मङ्गलबार स्पुत्निक–भी उपचारमा ७५ प्रतिशत सफल रहेको दावी गर्नुभएको हो ।

जिन्ट्सवर्गले रोसिया सेगोन्या प्रेस सेन्टरमा भन्नुभयो, “रूसमा स्पुत्निक–भी खोप ओमिक्रोनविरूद्धको असर न्यूनिकरण गर्न ७५ प्रतिशत सफल पाइएको छ ।”गामालेयाका प्रमुखले भन्नुभयो, “यदि कुनै व्यक्तिले छ महिनामा स्पुत्निकको ‘लाइट बुस्टर’ मात्रा लिएमा यसको प्रभाबकारिता शतप्रतिशत रहने तर यदि ‘लाइट बुस्टर’ खोप नलगाएमा पनि ५७ प्रतिशतसम्म प्रभाबकारी रहने अनुसन्धानले देखाएको छ ।”

अन्य भेरिएन्टको तुलनामा ओमिक्रोनविरुद्ध स्पुत्निक–भी नियन्त्रणका लागि प्रभावकारिता आठ गुणा घट्छ यद्यपि अझै पनि ओमिक्रोनविरूद्धको सुरक्षाको लागि यो खोप पर्याप्त हुने जिन्ट्सबर्गले बताउनुभयो । ओमिक्रोनको प्रभाब न्यूनिकरणका लागि अन्य खोपहरूको प्रभावकारिता २१ गुणासम्म कम रहने पुष्टि भइसकेको उहाँले बताउनुभयो ।(रासस÷एएनआई)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर