खोप अभियान चलाउन माघ १६ गते देखि विद्यालय खोलिँदै — OSNepal

खोप अभियान चलाउन माघ १६ गते देखि विद्यालय खोलिँदै

LC (KTM) January 18, 2022 0

काठमाडौं ४ माघ । सरकारले माघ १६ गते देखि २० गते सम्म देशभरका सम्पुर्ण खोल्ने भएको छ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा मंगलबार गृह मन्त्रालयमा बसेको महामारीविरुद्धको बैठकमा यस्तो निणर्य भएको हो ।

गृहमन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालाले दिएको जानकारी अनुसार उक्त समयमा विद्यालयमा खोप अभियान नै चलाइने जनाएका छन् ।

साथै उक्त बैठकले विश्वविद्यालयस्तरमा चलिरहेका र मिति निश्चित भएका परीक्षा स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर सञ्चालन गर्ने निर्णय समेत भएको छ ।

बैठकमा गृह सचिव टेकनारायण पाण्डे, स्वास्थ्य मन्त्रालयका सचिव डा। रोशन पोखरेल, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनाल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा। दिपेन्द्ररमण सिंह, शिक्षा मन्त्रालयका सहसचिव हरि लम्साल, पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेलगायतको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर