राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनालाई कोरोना संक्रमण — OSNepal

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनालाई कोरोना संक्रमण

LC (KTM) January 18, 2022 0

काठमाडौं, ४ माघ-राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई कोरोना संक्रमण पुष्टि भएको छ । तीन दिनदेखि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि मंगलबार गरिएको पिसिआर परीक्षणमा तिमिल्सिनामा कोरोना पुष्टि भएको हो ।

उनको स्वास्थ्यवस्था सामान्य रहेको र बालुवाटरस्थित सरकारी निवमासमा होम आइसोलेसनमा रहेको तिमिल्सिनाको सचिवालयले जनाएको छ ।

स्वास्थ्यकर्मीको सल्लाहअनुसार स्वास्थ्य मापदण्ड अपनाउँदै उनी केही दिन आइसोलेशनमै रहने सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर