बिक्रीका लागि राखिएको १४२ किलो खान अयोग्य माछा स्थानीय प्रशासनले गर्यो नष्ट — OSNepal

बिक्रीका लागि राखिएको १४२ किलो खान अयोग्य माछा स्थानीय प्रशासनले गर्यो नष्ट

LC (KTM) January 18, 2022 0

चितवन, ४ माघबिक्रीका लागि राखिएको १४२ किलोग्राम खान अयोग्य (गुणस्तरहीन) माछा स्थानीय प्रशासनले नष्ट गरेको छ । चितवनका सहायक प्रमुख जिल्ला अधिकारी रञ्जीवी शर्माको नेतृत्वमा जिल्लास्थित बालकुमारी तरकारी बिक्री केन्द्र र कमलनगर तरकारी बिक्री केन्द्रमा आज गरिएको बजार अनुगमनका क्रममा बिक्रीका लागि राखिएको खान अयोग्य (सड्न लागेका) उक्त परिमाणको माछा बरामद गरी नष्ट गरिएको हो ।

नष्ट गरिएको माछामध्ये बालकुमारी तरकारी बिक्री केन्द्रस्थित राजकुमार श्रेष्ठको माछा पसलबाट ७० किलोग्राम तथा कमलनगरस्थित आलम फिस सप्लायर्सबाट ७० र उमेश माछा पसलबाट दुई किलोग्राम रहेको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “व्यवसाय गर्ने स्थान निकै अव्यवस्थित र फोहर भएको पाइयो । सुधार गर्न भनेका छौँ ।” अनुगमनका क्रममा भेटिएका अयोग्य माछा बिक्री गरेर होटलमा पठाइने गरेको उहाँले बताउनुभयो ।

भारतबाट फर्मालिन प्रयोग गरी ल्याइएको माछा चितवनको बजारमा बिक्री हुने गुनासो बढेपछि स्थानीय प्रशासन, पशुपक्षी विज्ञ केन्द्र र सरोकारवालाको टोलीले बजारको अनुगमन गरेको हो । अनुगमनका क्रममा ती दुई तरकारी बिक्री केन्द्रमा रहेका पाँचवटा माछा पसलको अनुगमन निरीक्षण गरिएको थियो । (रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर