नक्कली नोटसहित दुई युवा पक्राउ — OSNepal

नक्कली नोटसहित दुई युवा पक्राउ

LC (KTM) January 18, 2022 0

काठमाडौं, ४ मास-नक्कली नोटसहित महोत्तरीबाट पक्राउ परेका छन् । महोत्तरीको जलेश्वर नगरपालिका-३ मलिवारास्थित भिठ्ठामोड जलेश्वर सडकखण्डबाट दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका-६ का २६ वर्षीय मोजाहिद रेजा र धनुषाको लक्ष्मिनिया गाउँपालिका-१ बस्ने २३ वर्षीय असरफ मोहम्मद रहेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेको बा२१च ६७६१ नम्बरको कारलाई शंकाको आधारमा चेकजाँच गर्दा पछाडिको डिक्कीभित्र रहेको कालोब्यागभित्र बाहिरी पट्टी नेपाली १००० दरको नोट र पछाडि पट्टी नेपाली१००० को नोट, एक हजार नोटको साइजको कटिङग गरेको ५ बण्डल पेपर ४ सय ५६ थान, ५ सयको दरको नोट लगायतका नक्कली नोट र कागजात ठूलो मात्रामा बरामद गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

दुवै जनालाई महोत्तरी जिल्ला अदालत जलेश्वरबाट मुद्रा सम्बन्धी कसुरमा ५ दिन म्याद थप गरी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर