धुमुर्स सुन्तलीलाई यति सम्मको कारबाही हुन सक्छ– कानुनबिद इन्द्र अर्याल — OSNepal

धुमुर्स सुन्तलीलाई यति सम्मको कारबाही हुन सक्छ– कानुनबिद इन्द्र अर्याल

LC (KTM) January 18, 2022 0

धुर्मुस सुन्तली फाउण्डेसन यतिबेला बिबादमा तानिएको छ । चितवनमा अन्र्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणका क्रममा आर्थिक हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुषन्धान आयोगमा उजुरी परेपछि बिबादमा तानिएको हो । यसैबीच ओएस नेपाल संगको अन्र्तबार्ताका क्रममा धुर्मुस सुन्तली फाउण्डेसनलाई कारबाही गर्न सकिने न्यायका लागि मानब अधिकार संगठनका संयोजक इन्द्र अर्यालले जनाएका छन्।

तर उनले बिशुद्ध फाउण्डेशन मात्र रहेको भए उजुरी उपर अख्तियारले अनुषन्धान गर्न नमिल्ने दाबी गरे । उनले भने– यदि उक्त रंगशालामा नेपाल सरकारको बजेट परेको र हिनामिनाको कुरा उठेको भए छानबिन हुन्छ । निर्माण कार्यमा हिनामिना भएको भए छानबिन । बिशुद्ध फाउण्डेसन भए अख्तियारले छानबिन गर्न पाउँदैन । यो अख्तियारको दायरा भित्र पर्दैन । अब संझौता के भएको छ त्यो अनुसार हुन्छ ।

नेपाली समाजमा कसैलाई देबत्वकरण र दानबत्वकरण छिटो गरिहाल्ने परम्पराको उपज रंगशाला बिबाद रहेको बताए । उनले यदि सरकारको बजेट परेको छैन भने रंगशाला निर्माण गर्न दिएका कुनै दाताले अनियमितता भयो भनेर उजुर गरे ठगी मुद्धा भने चलाउन सकिने उनको भनाई छ । उनले धुर्मुुस सुन्तलीले रंगशाला निर्माणका क्रममा कति पैसा उठेको छ र कति खर्च भयो त्यसको हिसाब तत्काल देखाउनु पर्ने पनि बताए । प्रस्तुत छ पत्रकार एचबी ताम्राकारले उहा संग गरिएको कुराकानीको लिंक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर