घरेलु मैदानमै जिम्बावे संग श्रीलंका २२ रनले स्तब्ध — OSNepal

घरेलु मैदानमै जिम्बावे संग श्रीलंका २२ रनले स्तब्ध

LC (KTM) January 18, 2022 0

जिम्बावेले दोस्रो एकदिवसीय क्रिकेटमा घरेलु टोली श्रीलंका लाई पराजित गरेको छ । मंगलबार राति भएको खेलमा जिम्बावेले श्रीलंकालाई २२ रनले पराजित गरेको हो । आजको यो जितसँगै तीन खेलको सिरिजमा जिम्बावेले एक एकको बराबरी गरेको छ । पहिलो खेलमा भने श्रीलंकाले बाजी मारेको थियो ।

श्रीलंका ५ विकेटले विजयी भएको थियो । जिम्बावेले दिएको ३ सय ३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ९० रन मात्र बनाउन सकेको थियो । श्रीलंकाका लागि कप्तान डसुन शनकाले १ सय २ रनको शतकीय इनिङ्स खेले । तर पनि हारलाई टार्न सकेनन् ।

कामिन्दु मेन्डीसले ५७ रन जोड्दा चामिका करुनारत्नेले ३४ रन बनाए । यस्तै चारिथ अस्लान्का २३ रनमा आउट भए । जिम्बावेका टेण्डाई चतरा र ब्लेसिङ मुजराम्बानीले तीन तीन विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको जिम्बावेले ५० ओभरमा ८ विकेट गुमाएर ३ सय २ रनको स्कोर खडा गरेको थियो ।

जिम्बावेका लागि कप्तान क्रेग इर्भिनले ९१ रन जोड्दा सिकन्दर राजाले ५६ रन बनाए । सिन विलियम्सले ४८ तथा रेगिस चिकभाले ४७ रन बनाए । श्रीलंकाका जेफ्री भान्डरसेले ३ तथा नवन प्रदिपले २ विकेट लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर