स्पेनिस क्लब रियल मड्रिडका फ्यानहरु लाई एका बिहानै दुःखद खबर आयो — OSNepal

स्पेनिस क्लब रियल मड्रिडका फ्यानहरु लाई एका बिहानै दुःखद खबर आयो

LC (KTM) January 18, 2022 0

स्पेनिस क्लब रियल मड्रिडका फ्यानहरु लाई एका बिहानै दुःखद खबर आएको छ । रियलका लेजेण्ड फ्रान्सिस्को गेन्टोको निधन भएको छ । स्पेनका पूर्व विंगर समेत रहेका गेन्टोको ८८ वर्षको उमेरमा निधन भएको हो । उनले रियल मड्रिडमा मात्रै १८ बर्षको आफ्नो खेल जिवन बिताएका थिए । उनले १९५३ देखि १९७१ सम्म रियलका लागि खेलेका थिए ।

उनले रियलका लागि खेलेनन् मात्र ६ पटक युरोपियन कप जिताएका समेत थिए । रियलका लागि उनले ६ सय खेलमा १ सय ८२ गोल गरेका थिए । उनले रियलका लागि १२ ला लिगा, २ कोपा डेल रे र १ इन्टरकन्टिनेन्टल कप जितेका थिए । स्पेनका लागि उनले ४३ खेल खेलेका थिए । उनी सन् १९६२ र १९६६ को विश्वकपमा स्पेनको टिममा थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर