बुबा र आमा बितेपछि सहाराविहीन भएका बालबालिकाका लागि अभिभावक बने वडाध्यक्ष — OSNepal

बुबा र आमा बितेपछि सहाराविहीन भएका बालबालिकाका लागि अभिभावक बने वडाध्यक्ष

LC (KTM) January 19, 2022 0

घोराही– १९, राम्चेको कोइलाखानीमा गत फागुनमा बाबा र मङ्सिरमा आमा बितेपछि सहाराविहीन भएका नानीबाबुहरु । अभिभावकको भूमिका निर्वाह गर्न पुगेका घोराही–४ का वडाध्यक्ष भिमबहादुर सार्की साथमा ।

फुकोट आयोजनाबाट स्थानीयवासीले १० प्रतिशत शेयर पाउने-कालीकोटको फुकोट कर्णाली अर्ध जलाशययुक्त जलविद्युत् आयोजनाले स्थानीयवासीलाई १० प्रतिशत शेयर दिने भएको छ । सार्वजनिक सुनवाईका क्रममा आयोजनाले मङ्गलबार उक्त घोषणा गरेको हो ।

रास्कोट नगरपालिका–९ भात्ततीमा ४२६ मेगावाट क्षमताको उक्त आयोजना ६ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । यसका लागि ६ सय मिटर सुरुङ निर्माण गरिने आयोजना प्रमुख हिराचन वाइबाले जानकारी दिनुभयो । “माटोको अवस्था, चट्टानलगायतका भौगर्भिक अध्ययन सकिएको छ”, उहाँले भन्नुभयो, “करिब १० हजार रुख कटान हुने अनुमान गरेका छौँ । एउटा रुख बराबर १० रुख रोपण गरिने छ ।”

आयोजना निर्माण गर्न रु ९२ अर्ब खर्च हुने आयोजनाका विज्ञ शिवशङ्कर कार्कीले जानकारी दिनुभयो । सुरुङको अध्ययनपछि खन्ने विषयबारे निक्र्यौल गरिने वाइबाको भनाइ छ । “आयोजनाबारे अध्ययनको काम सकिएको छैन”, उहाँले भन्नुभयो । आवास निर्माणको काम भने थालिएको छ । जग्गा अधिग्रहणको प्रक्रिया सकिएको आयोजनाले जनाएको छ । बाँध निर्माणबाट डुबानमा पर्ने सान्नी त्रिवेणी गाउँपालिका, रास्कोट नगरपालिका र पचालझरना गाउँपालिकाको रकु, स्युँना, मेहलमुढी, फुकोट, बदालकोट, नानीकोट र राम्नाकोटमा प्रभावितको जग्गा अधिग्रहणको प्रक्रिया सकिएको छ । आयोजना निर्माणबाट एक हजार १४९ परिवार प्रभावित भएका छन् । आयोजनास्थलमा पूरै जग्गा परेका जग्गाधनीले ७५ र आंशिक परेकाले ६६ प्रतिशत मुआब्जा पाएको आयोजना प्रमुख वाइबाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर