२५ लाख डोज खोप बेपत्ता — OSNepal

२५ लाख डोज खोप बेपत्ता

LC (KTM) January 19, 2022 0

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले नेपाल भित्रिएको कोरोनाविरुद्धको २० देखि २५ लाख डोज खोपको अवस्था अज्ञात रहेको बताउनुभएको छ । मंगलबार संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा बोल्दै डा. पोखरेलले नेपालले प्राप्त गरेको खोपमध्ये उक्त संख्याको खोपको तथ्यांक फेला नपरेपछि मन्त्रालयले खोजी गरिरहेको बताउनुभयो ।

अघिल्लो सरकारको पालामा खोपकार्डबिना पहिलो र दोस्रो खोप लगाएको र शहरी क्षेत्रमा केही मानिसले पहिलो डोज भन्दै तेस्रो डोज लगाएका कारण उक्त संख्याको खोपको तथ्यांक फेला नपरेको उहाँले जनाउनुभयो । सचिव पोखरेलले सरकारले पछिल्लो समय बुस्टर डोज लगाउने घोषणा गरेपछि आफूले पहिलो र दोस्रो डोज लगाउँदा कार्ड नपाएको भन्दै विभिन्न अस्पतालमा जानेको संख्या ठूलो रहेकाले त्यहीं नै खोपको संख्या गडबड भएको आशंका गरेको बताउनुभयो ।नेपाल समाचारपत्रमा खबर छ ।

विभिन्न राष्ट्रले अनुदानमा उपलब्ध गराएको खोपको मिति गुज्रँदै गएकाले त्यस्ता खोपलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा मन्त्रालय चिन्तित रहेको पनि उहाँले समितिलाई जानकारी गराउनुभएको थियो । डा. पोखरेलले नेपालका ठूला शहरी क्षेत्रमा बसोबास गर्ने अधिकांशले दुई डोज खोप लगाइसकेको दाबी गर्नुभयो । शहरी क्षेत्रमा करिब ८० प्रतिशत नागरिकले खोप लगाइसके भन्ने मन्त्रालयले अनुमान गरेको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर