मध्य तराईमा चिसोः पुसमा ठिकै, माघमा कक्रक्क — OSNepal

मध्य तराईमा चिसोः पुसमा ठिकै, माघमा कक्रक्क

LC (KTM) January 19, 2022 0

वीरगन्ज । मध्य तराईमा दिन प्रतिदिन चिसो बढ्दै गएपछि यहाँको जनजीवन अप्रत्यासित रूपमा प्रभावित भएको छ । कोरोनाको ओमिक्रोन भेरियन्ट भाइरससँगै चिसो पनि बढेपछि मध्य तराईको जनजीवन थप प्रभावित बनेको हो ।

पुस महिनामा खासै चिसो नभएको मध्य तराईमा माघ लागेपछि भने घाम देख्न छाडिएको छ । शीतलहरसँगै घाम पनि देख्न छाडिएपछि घरबाहिर गएर दैनिक ज्याला मजदुरी गरी खाने तथा काम विशेषले बाहिर गई आर्थिक जोहो गरेर आफू र परिवारको खर्च जोहो गर्ने सर्वसाधारण निकै मारमा परेका छन् ।

स्थानीय समाजसेवी र पालिकाहरूले पनि चोक, चौराहामा आगो बाल्ने र विपन्नलाई न्यायो कपडा वितरण गर्ने कार्य पुस महिनामा बढी नै गरेका थिए । तर, पुसमा भन्दा अहिले चिसो र शीतलहर बढी नै भएको र जसका कारण विपन्न र गरिब परिवारले निकै सास्ती खेप्नुपरेको उनीहरूको गुनासो छ ।

चिसोको कारण बिरामी भएर उपचारका लागि अस्पताल पुग्ने बिरामीको संख्या पनि ह्वात्तै बढेको नारायणी अस्पतालले जनाएको छ । चिसोबाट खासगरी वृद्धवृद्धा, बालबच्चा र गर्भवती महिला बढी प्रभावित भएको नारायणी अस्पतालका फिजिसियन डा. उदयनारायण सिंहले बताए । चिसोका कारण मात्र बिरामी परेर दैनिक १०-१५ जना बिरामी आइरहेको उनको भनाइ छ । पहिले यो संख्या तीन/चार जना जति मात्र थियो ।राजधानीमा खबर छ ।

‘यस्तो अवस्थामा चिसोबाट बच्न बाहिर काम नपर्नेले सकेसम्म घरबाहिर हिँडडुल नगर्ने, न्यानो कपडा लगाउने, तातो र झोलिलो खाने कुरा बढी खाने, बालबच्चालाई पनि खुवाउने र बढी ख्याल गर्ने गर्नुपर्छ,’ डा. सिंहले भने । चिसोले खोकी लाग्ने घाँटी र छातीमा गाह्रो बनाउने हुँदा ३ दिनदेखि ५ दिनसम्म पनि निको नभए चिकित्सकको परामर्श लिन ढिलो गर्न नहुने उनको सुझाव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर