अभिनेत्री सामन्थाका हातमा फिल्म नै फिल्म, के नागा चैतन्यसँग डिभोर्स गरेपछि भाग्य चम्किएको हो सामन्थाको ? – OSNepal

अभिनेत्री सामन्थाका हातमा फिल्म नै फिल्म, के नागा चैतन्यसँग डिभोर्स गरेपछि भाग्य चम्किएको हो सामन्थाको ?

Osnepal January 19, 2022 0

काठमाडौं । अभिनेत्री सामन्था रुथ प्रभु दक्षिण भारतीय फिल्मकी लोकप्रिय अभिनेत्री हुन् । उनले गत वर्ष अमेजन प्राइम भिडियोको सुपरहिट सिरिज ‘द फेमिली मेन सिजन २’बाट हिन्दीमा डिजिटल सुरुवात गरिन् । यो सिरिजमा उनको अभिनयले सबै प्रभावित भए । यो सिरिजमा काम गरेपछि सामन्थालाई उनका फ्यानहरू बलिउडमा पाइला चालेको हेर्न चाहेका छन् । उनलाई बलिउडका धेरै फिल्मबाट अफर पनि आइरहेका छन् । प्राप्त खबरअनुसार उनलाई यशराज फिल्म्सले आफ्ना तीन ठूला फिल्ममा अफर गरेको छ ।

उनलाई यशराज फिल्म्सले निकै महँगो पारिश्रमिकमा आफ्ना तीन फिल्ममा अनुबन्धको प्रस्ताव गरेको हो । अभिनेत्रीले पनि यी फिल्ममा अभिनयको चासो देखाएकी छन् । यद्यपि अभिनेत्री र प्रोडक्सन हाउसले यो विषयमा स्वतन्त्र पुष्टि गरेको छैन ।

सामन्था चाँडै नै ‘द फेमिली मेन’का निर्देशक राज र डीकेका साथ सिटाडेलको स्पिन(अफमा काम गर्दैछिन् ।सौर्य दैनिकमा खकबर छ । उनको हातमा ‘काथु वकुला रेंडु काधल’ ९तमिल०, ‘शाकुंतलम’ ९तेलुगु०, ‘यशोदा’ ९तेलुगु०, र ‘अरेन्जमेन्ट अफ लव’ ९इन्टरनेसनल डेब्यू० जस्ता कैयौं प्रोजेक्ट छन् । सामन्था पछिल्लोपटक ‘पुष्पाः द राइज’मा आइटम गर्लका रूपमा देखिएकी थिइन् । उनले यो गीतका लागि पाँच करोड पारिश्रमिक लिएकी थिइन् ।

कैलालीमा सीमामै कोरोना परीक्षण र खोप-भारतमा कोरोनाको सङ्क्रमण बढ्दै गएपछि भारतसित जोडिएको कैलालीको दक्षिण–पूर्वी नाका सत्ती भन्सार हुँदै नेपाल प्रवेश गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । कामको सिलसिलामा भारत गएका नेपाली कोरोना जोखिम बढेसँगै घर फर्किन थालेपछि स्थानीयमा त्रास बढेको छ ।

भारतमा दैनिक सङ्क्रमणदर बढ्दै जाँदा नागरिक विगत वर्षमा जस्तो बन्दाबन्दी हुने हो कि भन्दै घर फर्किन थालेका छन् । बर्दियाको राजापुरका सञ्जय चौधरी त्यही त्रासले भारत गएको तीन महिनामै घर फर्किनुभयो । “भर्खर काममा लागेको थिएँ, कोरोनाको सङ्क्रमण बढेपछि छाडेर फर्किनुप¥यो”, उहाँले भन्नुभयो, “पहिलो वर्ष महिनौ बन्दाबन्दीमा काम नगरी बस्दाको पीडालाई सम्झेर फेरि पनि त्यस्तै हुने हो कि भन्ने डरले घर फर्केको हुँ ।”

अहिले सत्ती भन्सारबाट दैनिक सयौँ नागरिक घर फर्किन थालेका छन् । खक्रौला हेल्थ डेस्कका प्रमुख मकेन्द्र रोकायाका अनुसार माघीको एक–दुई दिन अगाडिसम्म दैनिक ५०० भन्दा बढी नेपाली सत्ती नाकाबाट प्रवेश गरेका छन् भने अहिले पनि सोही सङ्ख्यामा नेपाली स्वदेश फर्किरहेका छन् । उहाँले भारतबाट नेपाल आउने नागरिकलाई विशेष निगरानीमा राख्ने गरिएको बताउनुभयो । शङ्कास्पद व्यक्तिको एन्टिजेट परीक्षण गर्ने र खोप नलगाएकालाई सीमामै खोप लगाएर पठाउने गरिएको छ ।

“कोरोना परीक्षण गर्ने गरेका छौँ, परीक्षणका क्रममा कसैलाई पोजेटिभ देखिए टीकापुर अस्पतालबाट एम्बुलेन्स मगाएर टीकापुरमै होल्डिङ सेन्टरमा राख्ने गरेका छौँ”, रोकायाले भन्नुभयो, “भारतबाट आउने वा भारत जाने नागरिकका लागि खोपकार्ड अनिवार्य गरेका छौँ, खोप नलगाएकालाई लगाएर पठाउने गरेका छौँ ।”

सुदूरपश्चिम प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता डा रणबहादुर रावलले कोरोनाको सङ्क्रमण बढ्न थालेको अवस्थामा सीमानाकामा कडाइ गरिनुपर्ने बताउनुभयो । सत्ती भन्सार कार्यालयस्थित हेल्थ डेस्कको अवस्थाबारे जानकारी लिन पुग्नुभएका उहाँले भारतबाट आउने नेपाली नागरिकको सीमा क्षेत्रमै कोरोना परीक्षण तथा खोप नलगाएकालाई खोपको व्यवस्था गरिनुपर्नेमा जोड दिनुभयो । “पहिलेभन्दा अहिलेको सङ्क्रमणदर उच्च छ, सबैले स्वास्थ्य सावधानी अपनाउन सकेमात्रै हामी कोरोना सङ्क्रमणको जोखिमबाट सुरक्षित हुन सक्छौँ, सीमानाकामा सावधानी अपनाउन आवश्यक छ । भारतबाट आउनेलाई सीमामै निगरानी गन सके सङ्क्रमण गाउँगाउँमा फैलिने जोखिम कम गर्न सकिन्छ”, रावलले भन्नुभयो ।

टीकापुर नगरपालिका जनस्वास्थ्य प्रवद्र्धन उपशाखा प्रमुख बलबहादुर रावलले सत्ती भन्सारबाट नेपाल प्रवेश गर्ने नागरिकका लागि नगरपालिकाले विशेष सावधानी अपनाएको बताउनुभएको छ । उहाँले नागरिकको आगमन चापलाई हेरेर हेल्थ डेस्कमा तीन स्वास्थ्यकर्मी खटाइएको बताउनुभयो । “दैनिक बिहान ६ देखि साँझ ६ बजेसम्म हेल्थ डेस्कबाट सेवा प्रवाह हुँदै आएको छ । भारतबाट आउने तथा जानेको तथ्याङ्क राख्ने गरेका छौँ ।” खुला सीमा क्षेत्रबाट प्रवेश गर्ने नागरिकलाई सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरीले निगरानी गर्ने गरेका छन् । “कोरोना जोखिम कम गर्न प्रयासरत छौँ”, रावलले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published.

भर्खर

प्रमुख समाचार

Advertisement