विवाह गरेको १८ वर्षपछि अलग्गिए धनुष र ऐश्वर्या — OSNepal

विवाह गरेको १८ वर्षपछि अलग्गिए धनुष र ऐश्वर्या

LC (KTM) January 19, 2022 0

काठमाडौ । साउथ सुपरस्टार धनुष र ऐश्वर्या रजनीकान्त शक्तिशाली जोडीका रुपमा चिनिन्छन् । तर अब यो जोडीले अलग्गिने निर्णय लिएका छन् । साउथ सुपरस्टार रजनीकान्तकी छोरी ऐश्वर्याले धनुषसँग अलग्गिने जानकारी सामाजिक सञ्जालका माध्यमबाट आफ्ना फ्यानलाई दिएकी छन् । दुवैको विवाहको १८ वर्ष पुगेको छ । ऐश्वर्या रजनीकान्तका अलावा धनुषले पनि सामाजिक सञ्जालबाट अलग्गिने निर्णय सुनाउँदै आफूहरुको गोपनियताको सम्मान गर्न आग्रह गरेका छन् ।

‘हामी १८ वर्ष सँगै रह्यौं । यो समय हामी साथी, आमाबाबु, जोडी र एकअर्काको साथी बनेर बस्यौं । यो यात्रामा हामीले अगाडि बढ्नका लागि एकअर्कालाई सम्झियौं र धेरै कुरा भयो । आज हाम्रो बाटो अलग्गिँदैछ । सौर्य दैनिकमा खबर छ । म र ऐश्वर्या एक जोडीका रुपमा अलग हुँदैछौं । हामी अहिले हरेक विषयलाई अलग–अलग किसिमले सम्झिने कोशिस गरिरहेका छौं । कृपया हाम्रो यो निर्णयको सम्मान गर्नुहोला र गोपनियताको अवसर दिनुहोला’, धनुषले लेखेका छन् ।

धनुष र ऐश्वर्याले सन् २००४ मा विवाह गरेका थिए । उनीहरुको विवाह हुँदा धनुष केवल २१ वर्षका र ऐश्वर्या २३ वर्षकी थिइन् । दुवैको विवाह तमिल रीतिरिवाज अनुसार भएको थियो । उनीहरुको दुई छोरा छन्, एकको नाम यात्रा राजा र अर्कोको नाम लिंगा राजा हो ।

बालबालिकालाई न्यानो कपडा-भरतपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र रहेका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । महानगरपालिकाले ‘बालबालिकासँग मेयर कार्यक्रम’मार्फत न्यानो कपडा वितरण गरेको हो ।

बाल विकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो । कोभिड–१९ सङ्क्रमणको जोखिम बढेपछि विद्यार्थीको भौतिक उपस्थितिमा नभई विद्यालयमार्फत विद्यार्थीलाई दिने गरी न्यानो कपडा वितरण गरिएको हो । महानगर प्रमुख रेनु दाहालले आर्थिक अवस्था कमजोर भएका विद्यार्थी जाडो भएकै कारण विद्यालयबाट बञ्चित हुन नपरोस् भनेर तीन वर्षदेखि उक्त कार्यक्रम अघि बढाइएको बताउनुभयो ।

राप्ती र नारायणी नदी किनारमा रहेका बालबालिकालाई लक्षित गरी कार्यक्रम गरिएको र यसले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्न थालेको उहाँको भनाइ छ । सङ्घीय सरकारको दिवाखाजा कार्यक्रम र महागरले न्यानो कपडा दिएपछि शिक्षा हासिल गर्न बालबालिकालाई सजिलो भएको दाहालको भनाइ छ । पाँच वर्षमा सामुदायिक विद्यालयमा १० हजार नयाँ विद्यार्थी सङ्ख्या थप्ने महानगरको लक्ष्य छ । हालसम्म ६ हजार नयाँ विद्यार्थी थपिएका छन् । शिक्षामा बजेट अभाव हुन नदिएको र ऐन–नियम बनाएर सामुदायिक शिक्षा सुधारमा काम गरिरहेको दाहालले बताउनुभयो ।

महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले रु १२ लाख बजेट विनियोजन गरेर बोलपत्र आह्वान गरी न्यानो कपडा वितरण गरिएको जानकारी दिनुभयो । महानगरका १० आधारभूत विद्यालय छनोट गरी त्यहाँ अध्ययनरत एक हजार २२० विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो । कोरोनाको जोखिमका कारण ती विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई संयुक्तरूपमा न्यानो कपडा हस्तान्तरण गरिएको छ । विद्यालयले महानगरमा पेश गरेको तथ्याङ्क र नामका आधारमा विद्यार्थीलाई न्यानो कपडा प्रदान गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर