नेदरल्यान्ड्समा स्कुटरको ठक्करबाट एक नेपालीको मृत्यु, टाउकोको शल्यक्रिया गरिएपनि शल्यकृया भएन् सफल — OSNepal

नेदरल्यान्ड्समा स्कुटरको ठक्करबाट एक नेपालीको मृत्यु, टाउकोको शल्यक्रिया गरिएपनि शल्यकृया भएन् सफल

LC (KTM) January 19, 2022 0

बार्सिलोना । नेदरल्यान्ड्सको पुरमेरेन्डमा स्कुटरको ठक्करबाट एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङ घर भई नेदरल्याण्ड बस्दै आएका ५६ वर्षीय विकास शर्मा रहेका छन् । स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका
उनको उपचारका क्रममा मृत्यु भएको हो ।

मृतक शर्माका श्रीमती, एक छोरा र एक छोरी नेदरल्यान्ड्समा नै रहेका छन् । पैदलयात्रा गरिरहेका उनलाई तीव्र गतिमा गुडेको स्कुटरले ठक्कर दिएको थियो।

‘आफ्नै पसलबाट घर फर्केने क्रममा दुर्घटना भएको हो ।दुर्घटनालगत्तै हेलिकप्टरमार्फत अस्पताल पु(याइए पनि उपचारकै क्रममा उनको निधन भएको बताइएको छ ।

गम्भीर चोट लागेर घाइते भएका शर्माको टाउकोको शल्यक्रिया गरिएको भए पनि सफल हुन नसकेको बताइएको छ । उनी विगत १६ बर्षदेखि नेदरल्यान्ड्समा बस्दै आएका थिए । मृतक शर्माको बुधबार नेदरल्याड्समा अन्तिम बिदाइसहित अन्त्येष्टि गरिँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर