यसकारण राजकुमार श्रेष्ठको माछा पसलबाट ७० किलो माछा नष्ट गरियो — OSNepal

यसकारण राजकुमार श्रेष्ठको माछा पसलबाट ७० किलो माछा नष्ट गरियो

LC (KTM) January 19, 2022 0

काठमाडौ । बिक्रीका लागि राखिएको १४२ किलोग्राम खान अयोग्य ९गुणस्तरहीन० माछा स्थानीय प्रशासनले नष्ट गरेको छ ।
चितवनका सहायक प्रमुख जिल्ला अधिकारी रञ्जीवी शर्माको नेतृत्वमा जिल्लास्थित बालकुमारी तरकारी बिक्री केन्द्र र कमलनगर तरकारी बिक्री केन्द्रमा गरिएको बजार अनुगमनका क्रममा बिक्रीका लागि राखिएको खान अयोग्य ९सड्न लागेका० उक्त परिमाणको माछा बरामद गरी नष्ट गरिएको हो ।

नष्ट गरिएको माछामध्ये बालकुमारी तरकारी बिक्री केन्द्रस्थित राजकुमार श्रेष्ठको माछा पसलबाट ७० किलोग्राम तथा कमलनगरस्थित आलम फिस सप्लायर्सबाट ७० र उमेश माछा पसलबाट दुई किलोग्राम रहेको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “व्यवसाय गर्ने स्थान निकै अव्यवस्थित र फोहर भएको पाइयो । सुधार गर्न भनेका छौँ ।” अनुगमनका क्रममा भेटिएका अयोग्य माछा बिक्री गरेर होटलमा पठाइने गरेको उहाँले बताउनुभयो ।

भारतबाट फर्मालिन प्रयोग गरी ल्याइएको माछा चितवनको बजारमा बिक्री हुने गुनासो बढेपछि स्थानीय प्रशासन, पशुपक्षी विज्ञ केन्द्र र सरोकारवालाको टोलीले बजारको अनुगमन गरेको हो । अनुगमनका क्रममा ती दुई तरकारी बिक्री केन्द्रमा रहेका पाँचवटा माछा पसलको अनुगमन निरीक्षण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर