तालिवानलाई औपचारिक मान्यता दिन अफगानिस्तानका प्रधानमन्त्रीको आह्वान — OSNepal

तालिवानलाई औपचारिक मान्यता दिन अफगानिस्तानका प्रधानमन्त्रीको आह्वान

LC (KTM) January 19, 2022 0

काठमाडौं-अफगानिस्तानका कार्यबहाक प्रधानमन्त्री मोहमद हसन अखुन्दले अफगानिस्तानलाई मान्यता दिन मुस्लिम देशहरूलाई आह्वान गरेका छन् । १५ अगस्टमा अफगानिस्तान कब्जा गरेको तालिवानलाई अहिलेसम्म कुनै पनि देशले मान्यता दिएको छैन् ।

‘तालिवान सरकारलाई औपचारिक मान्यता दिएर पहिलो राष्ट्र बन्द मुस्लिम देशहरूलाई आह्वान गर्छु । त्यसपछि हामीले चाँडै विकास गर्छौ भन्ने मैले आशा गरेको छ,’ राजधानी काबुलमा आयोजित सभालाई सम्बोधन गर्दै अखुन्दले भने । अधिकांश देशहरुले तालिवानलाई अझै पनि अतिवादी समूहका रुपमा हेरेका छन् ।

सन् १९९६ देखि सन् २०११ मा पहिलो पटक सत्ता सम्हाल्दा तालिवानले मानवअधिकार उल्लंघनमा रेकर्ड नै तोडेको थियो । दोस्रो कार्यकालमा तालिवानले सत्ताको बागडोर कसरी हाँक्छ भनेर अन्तर्राष्ट्रिय समुदायले नजिकबाट नियाल्दै आएको छ ।

विपक्षीप्रति नम्र र प्रजातान्त्रिक ढंगले शासन गर्ने प्रचार गरे पनि तालिवानले महिलामाथि चरम विभेद गरेको छ । सरकारी सेवामा कार्यरत महिलालाई घरमै बस्न भनिएको छ भने माध्यमिक तहका छात्रालाई विद्यालय जानबाट रोक लगाइएको छ ।

अफगानिस्तानमा आर्थिक र मानवीय संकट चुलिएको विभिन्न अध्ययन प्रतिवेदनहरूले दर्शाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर