राष्ट्रिय सभा सदस्य निवार्चनको लागि कोरोना संक्रमित मतदाताले पाउने भए मतदान गर्न, यस्तो छ व्यवस्था — OSNepal

राष्ट्रिय सभा सदस्य निवार्चनको लागि कोरोना संक्रमित मतदाताले पाउने भए मतदान गर्न, यस्तो छ व्यवस्था

LC (KTM) January 19, 2022 0

काठमाडौं ५ माघ । राष्ट्रिय सभा सदस्य निवार्चनको लागि कोरोना संक्रमित मतदाताले पनि मतदान गर्न पाउने भएको छ ।

बुधबार निर्वाचन आयोगले १९ बुँदे मापदण्ड स्वीकृत गर्दै कोरोना संक्रमितले पनि भोट हाल्न पाउने गरी व्यवस्था गर्ने जनाएको हो ।

यही माघ १२ गते हुन लागेको राष्ट्रिय सभा सदस्यको निवार्चनमा संक्रमित भएकाहरुलाई भोट हाल्न मतदान केन्द्रमा छुट्टै बाकसको व्यवस्था गरिने आयोगले जनाएको छ ।

राष्ट्रिय सभामा प्रदेश सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहने उक्त निर्वाचन १९ सदस्यीय पदको लागि हुन लागेको हो । आयोगले ७ वटै प्रदेशको प्रदेश राजधानीमा चुनाव हुने गरी मतदान केन्द्र राखेको छ ।

हरेक मतदान केन्द्रमा स्वास्थ्यकर्मीको टोली खटाइनुको साथै मतदान दिन आउनेहरुको लागि ज्वरो जाँच्ने व्यवस्था समेत गरिने आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर