संक्रमित मध्ये आधा भन्दा बढी उपत्याकाकै, उपत्यकामा मात्रै ६३ सय ४३ जना संक्रमितको पुष्टि — OSNepal

संक्रमित मध्ये आधा भन्दा बढी उपत्याकाकै, उपत्यकामा मात्रै ६३ सय ४३ जना संक्रमितको पुष्टि

LC (KTM) January 19, 2022 0

काठमाडौँ ५ माघ। नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा थप ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १८ हजार ७८ नमुनाको पीसीआर टेष्ट गर्दा ९ हजार ५०२ तथा ५ हजार ३३१ नमुनाको एन्टीजेन टेष्ट गर्दा १ हजार ८५० जना गरी ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जसमा काठमाडौं उपत्यकामा मात्रै ६३ सय ४३ जना संक्रमितको पुष्टि भएको छ । त्यसमा पनि काठमाडौंमा ४६ सय ४६, ललितपुरमा १ हजार १९ र भक्तपुरमा ५ सय ७८ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा ४ जना संक्रमितको ज्यान गएको छ । त्यसैगरी, पछिल्लो २४ घण्टामा ६१३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर