२४ घण्टामा पाकिस्तानमा पाँच हजार ४७२ कोरोना सङ्क्रमित थपिए — OSNepal

२४ घण्टामा पाकिस्तानमा पाँच हजार ४७२ कोरोना सङ्क्रमित थपिए

LC (KTM) January 19, 2022 0

इस्लामावाद, ५ माघ-पाकिस्तानमा पछिल्लो २४ घण्टामा ५ हजार ४७२ थप कोभिड–१९ सङ्क्रमित थपिएका नेशनल कमाण्ड एण्ड अपरेशन सेन्टर (एनसिओसि) ले बुधबार जनाएको छ । महामारीबिरूद्ध पाकिस्तानको अभियानको नेतृत्व गर्ने विभाग एनसीओसीकाअनुसार देशभर सङ्क्रमणको कुल संख्या १३ लाख ३८ हजार ९९३ पुगेको छ ।पाकिस्तानमा कोरोना सङ्क्रमणको कारणले २९ हजार ३७ जनाको मृत्यु भएको छ । पाकिस्तानको दक्षिणी प्रान्त सिन्धमा सबैभन्दा बढी कोरोनाभाइरस प्रभावित भएको छ ।

यस प्रान्तमा पाँच लाख ९ हजार ३०८ जनालाई कोरोना सङ्क्रमण भईसकेको छ । त्यसपछि पूर्वी प्रान्त पञ्जाबमा चार लाख ५५ हजार ४९९ व्यक्तिमा कोरोना भाइरस पत्ता लागिसकेको छ । पछिल्लो २४ घण्टामा ६२८ जना कोभिड–१९ बाट निको भएका छन्, यससँगै निको हुनेको कुल संख्या १२ लाख ६५ हजार २३९ पुगेको एनसीओसीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर