प्रदेश १ का बिभिन्न जिल्लाहरुमा आज कति कोरोना संक्रमित भेटिए, सम्पुर्ण स्थानीयपालिका सहितको बिवरण — OSNepal

प्रदेश १ का बिभिन्न जिल्लाहरुमा आज कति कोरोना संक्रमित भेटिए, सम्पुर्ण स्थानीयपालिका सहितको बिवरण

LC (KTM) January 19, 2022 0

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८९१ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ११२ जनाको पीसीआर परीक्षण गर्दा ६७७ र ५६३ जनाको एन्टिजेन परीक्षण गर्दा २१४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा सुनसरीमा २८०, मोरङमा २६८, झापामा ६८, धनकुटामा १५, इलाम, संखुवासभा र उदयपुरमा २–२, ताप्लेजुङ, पाँचथर र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ३७ जनामा संक्रमण देखिएको हो ।

सुनसरीको धरानमा १७६, इटहरीमा ७७, बर्जुमा ६, इनरुवा र स्थानीय तह नखुलेका ४–४, देवानगञ्ज, बराहक्षेत्र र कोशी गाउँपालिकामा ३–३, हरिनगर र रामधुनीमा २–२ जनामा संक्रमण देखिएको छ । मोरङको विराटनगरमा २४०, सुन्दरहरैचामा १०, बुढीगंगा र स्थानीय तह नखुलेका ३–३, लेटाङ, कानेपोखरी र ग्रामथानमा २–२, धनपालथान, सुनबर्षी, कटहरी, उर्लाबारी, पथरीशनिश्चरे र रंगेलीमा १–१ जनामा संक्रमण देखिएको छ ।

झापाको विर्तामोडमा १७, भद्रपुरमा १५, दमकमा ९, कनकाईमा ८, शिवसताक्षी र मेचीनगरमा ५–५, अर्जुनधारामा ४, कचनकवल र कमल गाउँपालिकामा २–२, गौरादहमा १ जनामा पोजेटिभ देखिएको हो । धनकुटाको धनकुटा नगरपालिकामा १०, चौवीसे, साँघुरीगढी र पाख्रिबासमा १–१ र स्थानीय तह नखुलेका २, इलामको इलाम नगरपालिकामा २, संखुवासभाको मकालु र स्थानीय तह नखुलेका १–१, उदयपुरको त्रियुगा र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङ, पाँचथर र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ३७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ९ महिला र १४ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ पुरुषको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या ३ हजार ७१९ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर