शुक्रबारबाट काठमाडौंमा खोप कार्ड अनिवार्य — OSNepal

शुक्रबारबाट काठमाडौंमा खोप कार्ड अनिवार्य

LC (KTM) January 19, 2022 0

काठमाडौं माघ ५ । आगामी शुक्रबार देखि सरकारले काठमाडौं उपत्यकामा खोप कार्ड अनिवार्य गरेको छ । सार्वजनिक सेवा लिन आउँदा अनिवार्य रुपमा खोप कार्ड साथमा राख्नुपर्ने भएको छ ।

खोप नलगाएकाहरुले पनि खोप लगाउन आग्रह गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले माघ ७ गते खोप कार्डलाई अनिवार्य बनाएको हो ।

साथै आज बाट मास्क नलगाई सार्वजनिक स्थलमा हिँडडुल गर्नेलाई १०० रुपैंया जरिवाना तिराएको छ ।

काठमाडौं जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले खोप लगाएका व्यक्तिहरु कम जोखिमपूर्ण हुने मान्यता अनुसार खोप कार्डलाई अनिवार्य बनाइएको बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर