पीएम कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि एपीएफ लाई — OSNepal

पीएम कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि एपीएफ लाई

LC (KTM) January 19, 2022 0

पीएम कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि नेपाल एपीएफ क्लबले जितेको छ । आज भएको फाइनल खेलमा अर्काे बिभागिय टिम नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै एपीएफले उपाधी उचालेको हो । उपाधिसँगै एपीएफले नगद पाँच लाख प्राप्त गरेको छ भने उप विजेता बनेको पुलिसले तीन लाख प्राप्त गरेको छ । सेमिफाइनल पुगेका आर्मी र बागमती प्रदेशले ५० -५० हजार रुपैयामा चित्त बुझाएका छन् ।

टियु क्रिकेट मैदानमा एपीएफले पुलिस समक्ष १ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । लक्ष्य पछ्याउदै जवाफि ब्याटिंगमा उत्रिएको पुलिसले २० ओभर ७ विकेट गुमाएर १ सय ३६ रन मात्र बनाउन सके पछि जित एपिएफले हात पारेको थियो । पुलिसका लागि दिपेन्द्र सिंह ऐरीले ६५ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । एपीएफका किशोर महतोले ३ विकेट लिए । अविनाश बोहरा, दिपक बोहरा र अमर रौटेलाले १-१ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले १९ ओभर ५ बलमा अलआउट हुँदै १ सय ५७ रनको योगफल तयार पारेको थियो । एपिएफका लागि अमर रौटेलाले सर्वाधिक २९ रन बनाएका थिए । पुलिसका दिपेन्द्र सिंह ऐरी र सागर ढकालले ३-३ विकेट लिए । गुलशन झाले २ विकेट लिए । आरिफ शेख र योगेन्द्र सिंह कार्कीले १-१ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर