ओमिक्रोन भेरियन्टप्रति सजक रहन डब्ल्यूएचओको आग्रह — OSNepal

ओमिक्रोन भेरियन्टप्रति सजक रहन डब्ल्यूएचओको आग्रह

LC (KTM) January 19, 2022 0

विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एडानोम गेब्रेयससले कोभिड–१९ को नयाँ भेरिएन्टलाई सामान्य रूपमा लिइनु सही नहुने बताउनुभएको छ ।

जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनमा गेब्रेयससले ओमिक्रोन भेरिएन्टले यसअघिको डेल्टाभन्दा कम जटिल प्रकारको कोभिड गराउँछ भनेर बेवास्ता नगर्न विश्व समुदायलाई आग्रह गर्नुभएको हो । ओमिक्रोन अन्य भेरियन्टभन्दा कम घातक हुन सक्ने भएपनि यसलाई नजरअन्दाज गर्न नहुने उहाँको सुझाब छ ।

गेब्रेयसले ओमिक्रोनका कारण मानिसहरू अस्पताल भर्ना भइरहेको र मत्यु पनि भएकाले स्वास्थ्य केन्द्रमा अत्यधिक भीडभाड बढेको सम्मेलनमा बताउनुभयो । संसारभर ओमिक्रोनको अस्वभाविक वृद्धिसँगै नयाँ भेरिएन्ट देखिन सक्ने भन्दै तत्काल कोभिड महामारी अन्त्य नहुने भन्दै यसका लागि निगरानी तथा मूल्याङ्कन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

ओमिक्रोनका कारण गत हप्ताभित्रै विश्वभर एक करोड ८० लाख नयाँ संक्रमित थपिएको भन्दै उहाँले खोप नलगाएका मानिसहरू गम्भीर सङ्क्रमित र मृत्यु हुने उच्च जोखिममा रहेको बताउनुभयो । ओमिक्रोन भेरिएन्ट फैलिएयता युरोप र एशियामा दैनिक सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर