कोसी कोरोना अस्पतालमा अक्सिजनको अभाव हुन नदिने गरी प्रबन्ध गरियो — OSNepal

कोसी कोरोना अस्पतालमा अक्सिजनको अभाव हुन नदिने गरी प्रबन्ध गरियो

LC (KTM) January 19, 2022 0

मोरङ, ५ माघ – प्रदेश नं १ का सामाजिक विकासमन्त्री जयराम यादवले प्रदेश सरकारद्वारा सञ्चालित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा अक्सिजनको अभाव हुन नदिने गरी प्रबन्ध गरिएको बताउनुभएको छ ।आज मन्त्रालयमा आयोजित अक्सिजन आपूर्तिकर्तासँग छलफलमा उहाँले कोभिड अस्पतालमा अक्सिजनको आपूर्तिका लागि पहिले गरेको कार्यका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि सोहीअनुसारको सेवा दिन आपूर्तिकर्तालाई आग्रह गर्नुभयो ।

सो अवसरमा मन्त्री यादवसमक्ष आपूर्तिकर्ता उद्योगका प्रतिनिधिले कोभिड अस्पतालमा अक्सिजनको कुनै अभाव हुन नदिने प्रतिबद्धता जनाएका छन् । मन्त्री यादवले मारुती अक्सिजन इण्डस्ट्रिज, भाजुरत्न र विनायक अक्सिजन इण्डस्ट्रिजका प्रतिनिधिसँग छलफल गर्नुभएको हो ।

मन्त्री यादवसँगको छलफलमा भाजुरत्नका केदार श्रेष्ठ, मारुतीका विवेक अग्रवाल र विनायकका मनोज ढकाल सहभागी हुनुभएको थियो । आपूर्तिकर्ताले अक्सिजनका खाली सिलिण्डर समयमै उपलब्ध गराइदिनुपर्ने बताउनुभएको छ । प्रदेश सरकारले कोभिड अस्पतालमा ७६ श्यया विस्तार गरेको छ । यसअघि ९६ श्ययाको अस्पताल सञ्चालनमा थियो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर