धनुष- ऐश्वर्याको बिछोडका कारण रिसाए निर्देशक रामगोपाल वर्मा, विवादास्पद ट्वीटमा भने – खुशी मनाउनुहोस् — OSNepal

धनुष- ऐश्वर्याको बिछोडका कारण रिसाए निर्देशक रामगोपाल वर्मा, विवादास्पद ट्वीटमा भने – खुशी मनाउनुहोस्

LC (KTM) January 19, 2022 0

भारतीय फिल्म उद्योगका प्रसिद्ध निर्देशक(निर्माता राम गोपाल वर्माले धेरै ठूला फिल्महरू निर्देशन गरेका छन् । उनको फिल्मलाई मानिसहरुले निकै मन पराउँछन् । तर हालै उनले केही ट्वीट गरेका छन् । पढेपछि सबैलाई रिस उठेको छ । निर्देशकले आफ्नो ट्विटमा लेखेका छन्, –विवाह टुटेपछि हामीले सेलिब्रेट गर्नुपर्छ । वास्तवमा, हालै साउथ सुपरस्टार धनुष र रजनीकान्तकी जेठी छोरी निर्देशक ऐश्वर्या रजनीकान्त एकअर्काबाट अलग भइन् ।

उनीहरुको सम्बन्ध विच्छेदको निकै चर्चा छ । दुवैले सम्बन्धविच्छेदको खबर सामाजिक सञ्जालमार्फत आफ्ना फ्यानलाई दिएका छन् । एकातिर जहाँ अभिनेता धनुषले ट्विट गर्दै सबै कुरा स्पष्ट रुपमा उल्लेख गरेका छन्, त्यहाँ उनले फ्यानहरुलाई दुबैको यो कठिन निर्णयको सम्मान गर्न आग्रह गरेका छन् । अर्कोतर्फ उनकी पूर्वपत्नी निर्देशक ऐश्वर्या रजनीकान्तले पनि धनुषको सन्देशलाई आफ्नो इन्स्टाग्राममा फर्वार्ड गरेकि छिन् र क्याप्सनमा ‘कुनै क्याप्सन आवश्यक छैन, केवल तिम्रो माया र समझदारी’ लेखेकि छिन् ।

उनको यो पोस्टलाई ८० हजारभन्दा बढीले लाइक गरेका छन् । उनीहरुको सम्बन्धविच्छेदको खबर सार्वजनिक भएपछि निर्देशक(निर्माता राम गोपाल वर्माले सम्बन्धविच्छेदसँग सम्बन्धित दुईवटा ट्वीट गरेका छन् । जुन यतिबेला निकै चर्चामा छ । रामगोपाल वर्माले आफ्नो एउटा ट्वीटमा लेखेका छन्,– सम्बन्ध विच्छेदपछि संगीतको सहाराले मनाउनुपर्छ, किनभने विवाहको बन्धनमा एकअर्काको बेकार गुण जाँचेर स्वतन्त्रता प्राप्त हुन्छ । रामगोपालले आफ्नो दोस्रो ट्विटमा लेखेका छन्, –बिवाह निकै नराम्रो चलन हो, जुन हामीमाथि पुर्खाले थोपरेको हो ।

ताकि दुस्ख र सुखको चक्र जारी रहोस् र यसमा कुनै बाधा नहोस्। प्रसिद्ध निर्देशक रामगोपाल वर्माको यो ट्विट सीधै धनुष र ऐश्वर्यामा केन्द्रित छैन। तर उनको ट्विटमा उनले धनुष र ऐश्वर्याको हालै भएको सम्बन्धविच्छेद लाई लिएर यी ट्वीट गरेको देखाएको छ । निर्देशकको यी ट्विटलाई लिएर मानिसहरूले कडा प्रतिक्रिया दिइरहेका छन् र विरोध गरिरहेका छन्। प्रयोगकर्ताहरूले टिप्पणी गरिरहेका छन् । विवाह त्यस्तो खेल होइन जुन कसैले खेल्न थाल्छ र कहिल्यै खेल्न छोड्दैन।

यो दुई मुटु बिचको सम्बन्ध हो । त्यसपछि अर्का प्रयोगकर्ताले लेखेका छन्, – कसैले पनि बिना कारण आफ्नो विवाह तोडिरहेको छैन । त्यस्तै अर्का प्रयोगकर्ताले लेख्छन्– हो कहिलेकाहीँ केहि चीजहरू हुन्छन् जुन हामी चाहँदैनौं तर हामीले विवाह तोड्नु हुँदैन। रामगोपाल वर्माको यो ट्विटलाई धेरैले समर्थन पनि गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर