दक्षिण अफ्रिका संग भारत ३१ रनले पराजित — OSNepal

दक्षिण अफ्रिका संग भारत ३१ रनले पराजित

LC (KTM) January 19, 2022 0

पहिलो एकदिवसीय क्रिकेटमा भारतलाई घरेलु टोली दक्षिण अफ्रीकाले पराजित गरेको छ । पर्लमा बुधबार राति सम्पन्न खेलमा दक्षिण अफ्रीकाले भारतलाई ३१ रनले पराजित गरेको हो । आजको यो जितसँगै तीन खेलको सिरिजमा दक्षिण अफ्रीकाले एक शुन्यको अग्रता बनाएको छ । दोस्रो खेल शुक्रबार हुनेछ ।

दक्षिण अफ्रीका भारत समक्ष २ सय ९७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको भारतले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६५ रन मात्र बनाउन सक्यो ।भारतका लागि शिखर धवनले ७९ रनको अर्धशतकीय इनिङ्स खेल्दा विराट कोहलीले ५१ रनको अर्धशतकीय इनिङ्स खेले । शार्दुल ठाकुरले अविजित ५० रन जोड्दा जस्प्रित बुम्राह १४ रनमा अविजित रहे ।

तर पनि जित निकाल्न सकेनन् । दक्षिण अफ्रीकाका लुंगी एनजिडी, ताब्रेज शाम्सी र एडिलेले समान २ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले ५० ओभरमा ४ विकेट गुमाएर २ सय ९६ रन बनाएको थियो ।दक्षिण अफ्रीकाका लागि रस्सी भान डेर डुसेनले अविजित रहदै १ सय २९ रनको शतकीय इनिङ्स खेले ।

कप्तान टेम्बा बाभुमाले १ सय १० रनको शतकीय इनिङ्स खेले ।क्विन्टन डी कक २७ रनमा आउट हुँदा जान्नेमन मालन ६ र एडिन मार्क्रम ४ रनमा आउट भए ।भारतका जस्प्रित बुम्राहले २ तथा रविचन्द्र आश्विनले १ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर