जाडो छल्न आगो तापिरहेका बेला नदी किनारको ढिस्को खसेर दुई जनाको मृत्यु — OSNepal

जाडो छल्न आगो तापिरहेका बेला नदी किनारको ढिस्को खसेर दुई जनाको मृत्यु

LC (KTM) January 20, 2022 0

बुटवल, ६ माघ-जाडो छल्न आगो तापेर बसिरहेका बेला नदी किनारको ढिस्को खसेर बुटवलमा दुई जनाको ज्यान गएको छ ।

बुटवलको देवीनगर स्थित तिनाउ किनारमा बुधबार साँझ ढिस्कोले पुरिँदा दुई जनाको ज्यान गएको हो । मृत्यु हुनेमा स्थानीय गणेश थापा र शिव थापा रहेका छन् । त्यस्तै, घटनामा परी तीनजना घाइते भएका छन् । ढिस्को खसेर पाँचजना पुरिएकोमा दुईजनाको अस्पताल पु-याएपछि मृत्यु भएको हो ।

उनीहरु तिनाउ नदी किनारमा आगो तापेर बसिरहेका थिए । घटनामा परी घाइते हुनेहरुमा केशव पुरी, अशोक गाहा र अन्य एक जना रहेको प्रहरीले जनाएको छ ।

ढिस्कोले पुरिएकाहरुलाई घटना लगत्तै स्थानीय र प्रहरीले उद्दार गरेर उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाएका थिए । स्थानीय देबीनगरको प्रगतिनगर टोलका पाँच जना तिनाउ किनारको कुना च्याप्दै आगो तापेर बसिरहेको अवस्थामा ढिस्को उनीहरुमाथि खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर