हजुरबुवा रणधीर कपूरको घरमा सुटुक्क पुगेका करिनाका छोरा तैमुरलाई के भयो यस्तो — OSNepal

हजुरबुवा रणधीर कपूरको घरमा सुटुक्क पुगेका करिनाका छोरा तैमुरलाई के भयो यस्तो

LC (KTM) January 20, 2022 0

सैफ अली खान र करीना कपूरका छोरा तैमुर अली खानलाई देखेपछि फोटो पत्रकारहरु उनको पछि पछि नै लाग्ने गरेका छन् । पत्रकारहरुको क्यामेरा उनीतिर सोझिने गरेको छ । तैमुरलाई सबैले आफ्नो क्यामरामा कैद गर्न चाहनु पनि स्वभाविक नै हो । यो सँगै तैमुर जति ठुलो हुँदै गइरहेको छ, उति नै उनको नयाँ नयाँ चकचकहरु पनि बढिरहेको छ । हालै तैमुरले आफ्नो खेलौना बन्दुकले फोटो पत्रकारहरुलाई निशाना बनाएको फोटो तथा भिडियो एकदमै भाइरल हुन पुगेको छ ।

सामाजिक सञ्जालमा आएका उनको यस प्रकारको हर्कत पुर्ण तस्विरहरूले पक्कै पनि सबैको ध्यान खिच्नेछन् । तैमुर अली खान आफ्ना हजुरबुवा रणधीर कपूरको घरमा आमा, बुबा र भाइ जेह सँग सप्ताहन्तको खाना खान पुगेका थिए। जब फोटो पत्रकारले आफ्नो मामा हजुरबुवाको तस्बिर लिन थाले, तब तैमुरले आफ्नो खेलौना बन्दुक उनिहरु तिर तेर्साएका थिए । त्यही क्रममा पापाराजीले करीना कपूर, सैफ अली खान र करिश्मा कपूरलाई पनि आफ्नो क्यामेरामा कैद गरे।

तैमुर अली खानले सामाजिक सञ्जालमा आफ्नो तस्बिर र भिडियोबाट मानिसको ध्यान तान्छन् । यसअघि पनि तैमुर पापाराजीसँग रमाइलो गरिरहेको देखिएका थिए । यस क्रममा सैफ अली खान र करीना कपूर पनि उनको साथमा थिए।वर्क फ्रन्टको कुरा गर्दा सैफ अली खान अन्तिम पटक फिल्म ‘बंटी और बबली २’ मा देखिएका थिए । अब उनी ‘आदिपुरुष’, ‘गो गोवा गोन २’ र ‘विक्रम वेधा’ फिल्ममा देखिनेछन् । यससँगै करिना कपुर अब आमिर खानसँग फिल्म ‘लाल सिंह चड्ढा’ मा काम गर्दै गरेको देखिनेछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर