नियमित अदुवापानी सेवन गर्दा हुन्छन् यस्ता फाइदै फाइदा — OSNepal

नियमित अदुवापानी सेवन गर्दा हुन्छन् यस्ता फाइदै फाइदा

LC (KTM) January 20, 2022 0

काठमाडौं । अदुवा तरकारीलाई स्वादिलो बनाउन मात्रै होइन औषधिको रुपमा पनि प्रयोग गर्न सकिन्छ । अदुवा पानीमा हालेर उमालेर खाँदा विभिन्न रोग लाग्न दिँदैन भने लागेका केही रोग निको पार्न पनि मद्दत गर्छ । नियमित अदुवापानी पिउनाले शरीरको रगतमा सुगर लेभल नियन्त्रण गर्ने हुँदा डायबिटिज हुन दिँदैन ।

साथै रक्त सञ्चारमा सुधार ल्याउनेदेखि माशंपेशीमा आराम दिने भएकाले यसमा हुने दुखाई कम गर्छ । यसैगरी, मस्तिष्कको कोषहरुमा आराम दिने हुँदा टाउको दुख्न कम हुन्छ ।

नियमित अदुवापानी पिउनाले शरीरको विषाक्त पदार्थ बाहिर निस्कने हुँदा रगत सफा हुने, रगत र छालामा हुन सक्ने इन्फेक्सनको खतरालाई कम गर्छ । रोग प्रतिरोधात्मक क्षमताको विकास गर्ने भएकाले रुघाखोकीजस्ता सरुवा रोग लाग्न नदिने अदुवापानीमा एन्टी ब्याक्टेरियल तत्वले खोकीको समस्या हट्छ । एन्टी क्यान्सर तत्व पाइने भएकाले अदुवा पानी नियमित पिउनाले फोक्सो, प्रोस्टेट, स्तनलगायतका स्थानमा हुने क्यान्सर लाग्नबाट बचाँउछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर