समयमै काम सम्पन्न नगर्ने यी ७ निर्माण कम्पनी पर्यो कालो सुचीमा, कुन कम्पनीलाई कति वर्ष ? — OSNepal

समयमै काम सम्पन्न नगर्ने यी ७ निर्माण कम्पनी पर्यो कालो सुचीमा, कुन कम्पनीलाई कति वर्ष ?

LC (KTM) January 20, 2022 0

काठमाडौं ६ माघ । समयमै काम सम्पन्न नगर्ने ७ निर्माण कम्पनीहरुलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राखेको छ ।

आज बिहिबार माघ ६ गते देखि लागु हुने गरी कार्यालयले निमार्ण व्यावसायी र आपूर्तिकर्ताहरुलाई १ देखि ३ बर्षसम्म कालो सूचीमा राखेको हो ।

यसरी कालो सुचीमा पर्ने कम्पनीहरुमा गजराज बालन योगीको बालन बद्रर्स कन्ट्रक्सन एन्ड सप्लायर्स, तिलक पाण्डेको बरदान कन्सल्टेन्ट एन्ड कन्ट्रक्सन, बिज्ञानकुमार अर्यालको डाइग्नेकेम– जय शम्भु जेभी, निहाल गुरुङको ग्रिन टेक प्रोजेक्ट प्रालि, चेतबहादुर बुढाको एसएनसी निमार्ण सेवा प्रालि, इनामुल्लाह फकिरको शाह निमार्ण सेवा प्रालि र रञ्जन रायमाझीको आरोग्य कन्ट्रक्सन प्रालि रहेका छन् ।

जसमा इनामुल्लाह फकिरको शाह निमार्ण सेवा प्रालि र रञ्जन रायमाझीको आरोग्य कन्ट्रक्सन प्रालि लाई सबैभन्दा धेरै तिन वर्षको कालो सुचीमा राखिएको छ ।

त्यसैगरी, डाइनोग्नोकेम–जसशम्भू जेभी कम्पनीलाई भने वर्ष कालो सुचीमा राखिएको छ । अन्य सबैलाई एक वर्ष कालो सुचीमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर