आज एकैदिन तोलामा एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य — OSNepal

आज एकैदिन तोलामा एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य

LC (KTM) January 20, 2022 0

काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य ह्वात्तै बढेको छ ।

बुधबार ९२ हजार ७ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा एक हजार रुपैयाँले बढेर ९३ हजार ७ सय रुपैयाँमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तैगरी आज तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार २ सय रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य तोलामा १३१५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर