चर्को स्वर भएकै कारण एक प्राध्यापक जागिरबाट निकालिएपछि अदातल पुगेकी उनलाई अदालतले सुनायो यस्तो फैसला — OSNepal

चर्को स्वर भएकै कारण एक प्राध्यापक जागिरबाट निकालिएपछि अदातल पुगेकी उनलाई अदालतले सुनायो यस्तो फैसला

LC (KTM) January 20, 2022 0

एजेन्सी माघ ६ । चर्को स्वर भएकै कारण एक प्राध्यापक जागिरबाट निकालिएका छन् । घटना हो बेलायतको बेलायतको एक विश्वविद्यालयकी प्राध्यापकले विद्यार्थीसँग पनि ठुलो स्वरमा कुराकानी गरेको भन्दै उनलाई जागिरबाट निकालिएको हो ।

पिडित प्रध्यापकले आफुलाई जागिरबाट निकालिएको भन्दै अदालत गइन् र अब अदालतले उनको पक्षमा निर्णय सुनाउँदै क्षतीपूर्ति स्वरुप १ लाख पाउन्ड रकम दिनआदेश दिएको छ ।

युनिभर्सिटी अफ एक्सेटरको भौतिक विभागमा ३० वर्षदेखि पढाउँदै उनी भौतिक विभागमा संलग्न हुने पहिलो महिला विद्वान पनि मानिन्छ ।

एनेट प्लाटले आफ्नो बचाउमा अदालतमा भनेकी थिइन्, , ‘म पूर्वी यूरोपेली यहूदी परिवारसँग सम्बन्ध राख्छु मलाई आफ्नो कुरा र विचारलाई राम्रो तरिकाले व्यक्त गर्न सिकाइएको छ। म जानीजानी कसैलाई समस्यामा पार्नका लागि चर्को आवाजमा कुरा गर्दिनँ वा पढाउँदिनँ । मेरो आवाज नै यस्तै छ।’

साथै उनलाई गलत तरिकाबाट जागिरबाट बर्खास्त गरिएको भन्दै रोजगार न्यायाधिकरणले उनको पक्षमा फैसला सुनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर