लुम्बिनी प्रदेशसभामा आठौँ अधिवेशन सुरु भएको पहिलो दिन आजै मुख्यमन्त्रीको राजीनामा माग — OSNepal

लुम्बिनी प्रदेशसभामा आठौँ अधिवेशन सुरु भएको पहिलो दिन आजै मुख्यमन्त्रीको राजीनामा माग

LC (KTM) June 02, 2021 0

बुटवल १९ जेठ । लुम्बिनी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । आजबाट आठौँ अधिवेशन सुरु भएको दिनमै अल्पमतमा परेको लुम्बिनी प्रदेश सरकारको राजीनामा माग्ने समेत तयारी भइरहेको छ ।

बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग गर्ने विपक्षी दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको तयारी भइरहको बुझिएको छ । प्रदेशको राष्ट्रियसभा सदस्य उपनिवार्चनमा विपक्षी दलहरुको गठबन्धले जितेपछि लुम्बिनी सरकार अल्पमतमा परेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर