वडाध्यक्ष रामबहादुर केसीलाई विप्लव निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले दल्यो कालो मोसो — OSNepal

वडाध्यक्ष रामबहादुर केसीलाई विप्लव निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले दल्यो कालो मोसो

LC (KTM) January 20, 2022 0

काठमाडौं ६ माघ । जाजरकोट जिल्लाको छेडा-गाड नगरपालिका वडा नं ६ का वडाध्यक्ष रामबहादुर केसीलाई (विप्लव) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) जाजरकोटले कालो मोसो दलेको छ ।

जिल्लाको जनविकास माद्यामिक विद्यालयको फिल्ड निर्माणमा ९ लाख हिनामिना गरेको भन्दै उनलाई कालो मोसौ दलिएको बताइएको छ ।

अखिल क्रान्तिकारी जाजरकोटले सामाजिक सञ्जाल फेसवुक मार्फत अफ्गान पुल्ला सडक निर्माणमा ७० लाख बजेट बाट १७ लाख घुस खाएको, राधेदेखि विराखोला सडक स्तरउन्नतिमा ५ लाख रुपैँया हिनामिना गरेको, कोभिड १९ लाई नियन्त्रण गर्न उपलब्ध भएको रकम ७८ हजार रुपैयाँ वडा सचिवको किर्ते हस्ताक्षर गरी चेक साटेर हिनामिना गरेको लगायतको विषयमा केसीलाई कालोमोसो दलिएको जानकारी गराएको छ ।

सिंगो विद्यार्थी र जनताको भविष्य माथि खेलवाड गर्ने अधिकार कसैलाई छैन्, र दिदैनौ पनि गलतका वि’रुद्धको खबरदारी मात्र भएको अखिल क्रान्तिकारीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर