भोजपुरी फिल्मका सुपरस्टार खेसरीलाल मदानी महोत्सवमा भाग लिन रौतहट आउँदै — OSNepal

भोजपुरी फिल्मका सुपरस्टार खेसरीलाल मदानी महोत्सवमा भाग लिन रौतहट आउँदै

LC (KTM) January 20, 2022 0

रौतहट, ६ माघ-भोजपुरी फिल्मका सुपरस्टार खेसरीलाल यादव रौतहट आउने भएका छन् । मौलापुर नगरपालिकाले बर्सेनि आयोजना गर्दै आएको मदानी महोत्सवमा भाग लिनका लागि गायकसमेत रहेका अभिनेता यादव रौतहट आउन लागेका हुन् ।

‘१७ फागुनमा खेसरीलाल मौलापुरमा आउने तय भएको छ,’ नेकपा एमाले जिल्ला कमिटी सदस्य निवेश यादवले भने । उनका अनुसार सो बारेमा आयोजक र अभिनेता बीच समझदारी भइसकेको छ ।

केही दिनअघि सुनसरीमा आयोजना भएको एक कार्यक्रममा आउने क्रममा भएको झडपमा उनको गाडी तोडफोड भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर