रियल सोसिडाडसँग पराजित भएपछि एट्लेटिको मड्रिड कोपा डेल रे फुटबलबाट बाहिरियो — OSNepal

रियल सोसिडाडसँग पराजित भएपछि एट्लेटिको मड्रिड कोपा डेल रे फुटबलबाट बाहिरियो

LC (KTM) January 20, 2022 0

रियल सोसिडाडसँग पराजित भएपछि एट्लेटिको मड्रिड कोपा डेल रे फुटबलबाट बाहिरिएको छ ।अन्तिम १६ अन्तर्गत बुधबार राति रियल सोसिडाडसँग दुई शुन्य गोल अन्तरले पराजित भएसंगै एट्लेटिको बाहिरिएको हो ।सोसिडाडलाई जित दिलाउन एड्नान जानुजाज र एलेक्सजेन्डर सोर्लोथले एक एक गोलको योगदान दिए ।

खेलको ३३ औं मिनेटमा जानुजाजले गोल गर्दै सोसिडाडलाई अग्रता दिलाएका थिए ।त्यसपछि खेलको ४७ औं मिनेटमा एलेक्सजेन्डरले गोल गर्दै सोसिडाडलाई २० को जित दिलाए । यस जितसँगै सोसिडाड कोपा डेल रे को अन्तिम आठमा पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर