साविक विजेता अल्जेरिया अफ्रीका कप अफ नेसन्सको समूह चरणबाट बाहिरियो — OSNepal

साविक विजेता अल्जेरिया अफ्रीका कप अफ नेसन्सको समूह चरणबाट बाहिरियो

LC (KTM) January 20, 2022 0

आइभरी कोस्ट संग पराजित भएपछि साविक विजेता अल्जेरिया अफ्रीका कप अफ नेसन्सको समूह चरणबाट बाहिरिएको छ । बिहीबार राति भएको खेलमा आइभरी कोस्टसँग तिन एक गोल अन्तरले पराजित भएपछि अल्जेरिया बाहिरिएको हो ।आइभरी कोस्ट भने समूह विजेता बन्दै नकआउट चरणमा पुगेको छ । आइभरी कोस्टलाई जित दिलाउन फ्रान्क केस्सी, इब्राहिम सांगारे र निकोलस पेपेले एक एक गोल गरे ।अल्जेरियाका सोफियाने बेन्डेबकाले एक गोल फर्काए ।

यस्तै अल्जेरियाका रियाद महरेजले पेनाल्टीमा गोल गर्न चुकेका थिए ।यस जितसँगै समूह ई को आइभरी कोस्टाले ३ खेलमा ७ अंक जोड्यो ।अल्जेरिया १ अंक जोडेर समूहको पुछारमा रह्यो । यस समूहबाट इक्वेटोरियल गिनी समूह उपविजेता बन्यो ।इक्वेटोरियल गिनीले बिहीबार राति सिएरा लियोनलाई एक शुन्यले हराएको थियो ।गिनीले ३ खेलमा ६ अंक जोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर