प्रदेश १ मा कोरोनाले बजायो खतराको घण्टी, सबै जिल्ला अस्पताललाई तयारी अवस्थामा रहन मन्त्रालयको निर्देशन — OSNepal

प्रदेश १ मा कोरोनाले बजायो खतराको घण्टी, सबै जिल्ला अस्पताललाई तयारी अवस्थामा रहन मन्त्रालयको निर्देशन

LC (KTM) January 20, 2022 0

प्रदेश १ सामाजिक विकास मन्त्रालयले जिल्ला अस्पतालहरुलाई कोरोना संक्रमितको उपचारका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।आज सामाजिक विकास मन्त्री जयराम यादवको अध्यक्षमा बसेको बैठकले कोरोना संक्रमितहरु बढ्दो क्रममा रहेकाले जिल्ला अस्पतालहरुलाई उपचारका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

मन्त्रिस्तरीय बैठकले आजै १४ वटै जिल्ला अस्पतालहरुलाई तयारी अवस्थामा रहनका लागि निर्देशन जारी गर्ने निर्णय गरेको छ । संक्रमितको उपचारका लागि उपकरण तथा स्वास्थ्य सामाग्रीहरु अस्पतालहरुले प्रवन्ध गर्ने र आवस्यक सामाग्रीहरु मन्त्रालयले सहजीकरण गर्ने निर्णय भएको छ ।

बैठकले सामुदायिक तथा निजी अस्पतालहरुलाई पनि कोरोना संक्रमितको उपचारका लागि आग्रह गर्ने निर्णय गरेको छ । बैठकमा मन्त्रालयका सचिव दीर्घराज मैनाली, उपसचिव कृष्णप्रसाद पोखरेल, स्वास्थ्य महाशाखा प्रमुख सागर प्रसाई लगायतको हसभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर