आर्सनललाई हराउँदै लिभरपुल फाइनलमा — OSNepal

आर्सनललाई हराउँदै लिभरपुल फाइनलमा

LC (KTM) January 21, 2022 0

काठमाडौँ – डिअगो जोटाको दुई गोल प्रेरित लिभरपुल कारावाओ कपको फाइनलमा प्रबेश गरेको छ ।बिहिवार राति आर्सनलको घरेलु मैदानमा भएको दोस्रो लेगमा जोटाले दुई गोल गरेपछी लिभरपुलले ६ वर्ष पछि उपाधिका लागि चेल्सिसँगको भेट पक्का गरेको हो ।

भ्रमणकारी टोली लिभरपुलका लागि जोटाले १९औं र ७७औं मिनेटमा गोल गरे । खेलको ९०औं मिनेटमा थोमसले रातो कार्ड ब्यहोरेपछी घरेलु टोली आर्सनल १० खेलाडीमा सिमित भयो ।

यस अघि पहिलो लेग गोल रहित बराबरीमा रोकिएको थियो। यस्तै चेल्सीले टोटनहमलाई पराजित गर्दै फाइनल प्रबेश गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर