कोरोना संक्रमित भएकी अभिनेत्री श्वेता खड्काको स्वास्थ्यमा सुधार — OSNepal

कोरोना संक्रमित भएकी अभिनेत्री श्वेता खड्काको स्वास्थ्यमा सुधार

LC (KTM) January 21, 2022 0

काठमाडौं । कोरोना संक्रमणको महामारी बढिरहेको बेला नेपाली कलाकार पनि धमाधम कोरोना संक्रमित भएका छन् । मंगलबार कोरोना संक्रमित भएकी अभिनेत्री श्वेता खड्काले आफ्नो अवस्था स्थिर रहेको बताएकी छन् ।

कोरोनाको महामारी बढेका कारण सबैलाई सतर्क रहन अनुरोध गरेकी यी अभिनेत्रीले आफूलाई ज्वरो र खोकीको समस्या भएको बताएकी छन् । अहिले अवस्था स्थिर भएको र बिस्तारै सुधार हुँदै जाने उनको कथन छ । राजधानि दैनिकमा खबर छ । आफूसँग यो अवधिमा भेट भएकालाई उनले सतर्क रहनका साथै ज्वरो आएमा कोरोनाको परीक्षण गर्न पनि दुई दिनअघि नै सुझाव दिएकी छन् ।

यो पनि पढ्नुहोस् -पत्रकार विश्वकर्माको उपचारमा लापरवाही गर्ने अस्पताललाई कारबाहीको माग-पत्रकारसँग सम्बन्धित विभिन्न सङ्घसङ्गठनले बिहीबार मृत्यु भएका पत्रकार एलबी विश्वकर्माको उपचारमा लापरवाही गर्ने अस्पताललाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।

श्रमजीवी पत्रकार सङ्घ नेपालले नयाँबानेश्वरस्थित निजामती कर्मचारी अस्पताल ९सिभिल अस्पताल०मा उपचारका लागि पु¥याइएका पत्रकार विश्वकर्मालाई कोरोना परीक्षणबिना उपचार नहुने भनेर लापरवाही गर्दा मृत्यु भएको भन्दै सो अस्पताललाई कारबाहीको माग गरेको छ । सङ्घले विज्ञप्ति जारी गरी घटनाका दोषीउपर छानविनसहित कडा कारबाही गर्नुपर्ने र पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न अनुरोधसमेत गरेको छ ।

टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार विश्वकर्माको स्वास्थ्यमा अचानक समस्या देखिएपछि बुधबार राति ललितपुरस्थित पाटन अस्पताल पु¥याइएपछि उपचारकै क्रममा बिहीबार बिहान ३ः०० बजे निधन भएको थियो । २६ वर्षीय स्व विश्वकर्माका श्रीमती र तीन वर्षीय एक छोरा छन् । अछामको रामारोशन निवासी विश्वकर्मा पछिल्लो समय काठमाडौँमा रही पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो । उहाँले इमेज टेलिभिजन, जनता टेलिभिजन, इकागज डटकमलगायतमा काम गर्नुभएको थियो ।

त्यसैगरी राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालले पत्रकार विश्वकर्माले सहज उपचार नपाउँदा निधन भएको जनाउँदै सो विषयमा तत्काल छानबिन गरी उपचारमा लापरवाही गर्ने अस्पताललाई कारबाही गर्नुपर्ने माग गरेको छ । समाजवादी प्रेस सङ्गठन नेपालले पनि विज्ञप्ति जारी गरी पत्रकार विश्वकर्माको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल, ऊर्जाशील पत्रकार र समाजवादी प्रेस सङ्गठनले एक कर्मठ संस्थापक सदस्य गुमाएको जनाएको छ । नेपाल पत्रकार महासङ्घ एशोसिएट प्रदेश समितिले पनि पत्रकार विश्वकर्माको निधनप्रति दुःख व्यक्त गरेको छ । मृतक विश्वकर्माको बिहीबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर