बझाङबाट बैतडी जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा गयो २७ वर्षीय धनरामको ज्यान — OSNepal

बझाङबाट बैतडी जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा गयो २७ वर्षीय धनरामको ज्यान

LC (KTM) January 21, 2022 0

बैतडी, ७ माघ-मोटरसाइकल दुर्घटना हुँदा यहाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक कञ्चनपुर घर भएका २७ वर्षीय धनराम चौधरी रहेका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो ।

बझाङको देउलेकबाट बैतडीको शिवलिङ्गतर्फ आउँदै गरेको से६प ७९२१ नंको मोटरसाइकल बैतडीको सिगास–९ सिकनाडीमा दुर्घटनामा परेको हो । बिहीबार बेलुका ५ बजेतिर चौधरीले चलाएको मोटरसाइकल सडकबाट करिब १०० मिटर तल खसेको र चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त मोटरसाइकलमा चौधरी एक्लै सवार रहेका बुझिएको छ । दुर्घटनाको कारण भने खुल्न नसकेको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर