एक पछि अर्को तनाबमा नायिका ज्याकलिन, साउथ स्टार नागार्जुनसँग अभिनय गर्ने भनिएका चलचित्रबाट निकालियो — OSNepal

एक पछि अर्को तनाबमा नायिका ज्याकलिन, साउथ स्टार नागार्जुनसँग अभिनय गर्ने भनिएका चलचित्रबाट निकालियो

LC (KTM) January 21, 2022 0

एजेन्सी-अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई साउथ फिल्म ‘द घोस्ट’बाट निकालिएको छ । दुई सय करोड भारुको ‘मनी लाउण्ड्रिङ’ मुद्दामा नाम मुछिएर विवादमा आएपछि उनलाई ‘द घोस्ट’बाट निकालिएको भारतीय मिडियाले जनाएका छन् । केही समयअघि दुबई जान लागेको बेला मुम्बई विमानस्थलबाटै फर्काइएको थियो ।

पछिल्लो समय निरन्तर विवादमा तानिएकी उनी प्रेमी चन्द्रशेखरसँगको अन्तरंग तस्वीर बाहिरिएपछि अन्य चलचित्रबाट समेत अफर आउन छाडेको छ ।
‘द घोस्ट’मा ज्याकलिनको साथमा साउथ स्टार नागार्जुन मुख्य भूमिकामा रहने बताइएको थियो । तर अब उनको स्थानमा नायिका सोनल चौहानले अभिनय गर्ने भएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर