यस्तो बनेर आयो दीपिका पादुकोण अभिनित चलतित्र ‘गेहराइयाँ’ को ट्रेलर — OSNepal

यस्तो बनेर आयो दीपिका पादुकोण अभिनित चलतित्र ‘गेहराइयाँ’ को ट्रेलर

LC (KTM) January 21, 2022 0

मुम्बई । बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता सिद्धान्त चतुरवेदी मुख्य भूमिका रहेको चलचित्र ‘गेहराइयाँ’ को ट्रेलर सार्वजनिक भएको छ । त्रिकोणत्मक प्रेमकथा रहेको चलचित्रको ट्रेलरमा दीपिका र सिद्धान्तसँगै अभिनेत्री अनन्या पाण्डे, धैर्य कर्वा, रजत कपुर लगायतका कलाकारलाई देखाइएको छ । सौर्य दैनिकमा खबर छ । सकुन बात्राले निर्देशन गरेको यस चलचित्रलाई करण जोहर, अपुर्व मेहता, सकुन बात्रा र हिरो यास जोहरले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रमा सकुन बात्रा र आयेशा देभित्रे ढिल्लोनको कथा रहेको छ ।

चलचित्रमा दीपिका, सिद्धान्त, अनन्या, धैर्य, रजत लगायतका कलाकारको अभिनय छ । चलचित्रलाई बलिउडमा ‘गेम चेन्जर’ को रुपमा हेरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । चलचित्र मूलधारको बलिउडमा बन्ने चलचित्रभन्दा फरक बनेको बताइएको छ । चलचित्र फेब्रअरी ११ मा अमेजोन प्राइम भिडियोमार्फत विश्वभर प्रदर्शनमा आउने तयारीमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर