घानामा ट्रक विष्फोटमा परी कम्तीमा १७ जनाको मृत्यु — OSNepal

घानामा ट्रक विष्फोटमा परी कम्तीमा १७ जनाको मृत्यु

LC (KTM) January 21, 2022 0

अक्रा [घाना], ७ माघ,-घानाको पश्चिमी क्षेत्रमा ट्रक विष्फोट हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ ।घाना वेब न्युज आउटलेटका अनुसार मोटरसाइकलसँग ठोक्किएपछि उत्खनन कार्यका लागि विष्फोटक पदार्थ बोकेको ट्रकमा विष्फोटन भएको थियो। विष्फोटबाट नजिकैका भवन र पूर्वाधारमा पनि ठूलो क्षति पुगेको जनाइएको छ ।अन्य सञ्चारमाध्यमहरूले घटनामा करिब ६० जना घाइते भएको पनि उल्लेख गरेका छन्। यद्यपि घटनाको विस्तृत विवरण भने आउँन बाँकी छ ।

हत्यामा संलग्न फरार व्यक्ति २७ वर्षपछि पक्राउ-मानव हत्यामा संलग्न रही फरार रहेका यहाँका एक व्यक्ति २७ वर्षपछि पक्राउ परेका छन् । परिवर्तन गाउँपालिका–६ का गनबहादुर कामी २७ वर्षपछि पक्राउ परेका हुन् ।कामी विसं २०५१ भदौ २१ गते साविक तालावाङ गाविस–७ हाल माडी गाउँपालिका–३ खारावाङका चुनवहादुर घर्तीको हत्या गरी फरार रहेका थिए । गाउँको जग्गा साँध सिमानासम्बन्धी भएको विवादमा रिसइवी लिई कामीले घर्तीको हत्या गरेको प्रहरीले जनाएको छ ।

उनलाई जिल्ला अदालतको विसं २०७० वैशाख ९ गतेको फैसलाले २० वर्ष कैद सुनाएको थियो । अदालतको फैसलापछि पनि उनी फरार रहेका थिए । फैसला कार्यान्वयनका लागि अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्ण रानाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर