भारतमा कोभिडबाट पछिल्लो २४ घन्टामा ७०३ जनाको मृत्यु — OSNepal

भारतमा कोभिडबाट पछिल्लो २४ घन्टामा ७०३ जनाको मृत्यु

LC (KTM) January 21, 2022 0

नयाँ दिल्ली, ७ माघ-भारतमा कोभिडबाट पछिल्लो २४ घन्टामा ७०३ जनाको मृत्यु भएको छ । यो भारतमा तेस्रो लहर सुरु भएपछि अहिलेसम्मकै धेरै मृत्यु हो । त्यस्तै, पछिल्लो २४ घन्टामा तीन लाख ४७ हजार जना संक्रमित भएका छन् ।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएपछि भारतमा संक्रमित ह्वात्तै बढेको छ । अहिलेसम्म ६ हजार ९९२ जनामा ओमिक्रोन देखिएको छ । यो अघिल्लो दिनको तुलनामा ४ दशमलव ३६ प्रतिशतले बढी हो ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार दैनिक संक्रमण दर १७ दशमलब ५४ प्रतिशत छ ।केही राज्यमा संक्रमण दर ‘पिक’ मा पुगेर घट्न थालेको विज्ञहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर