हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर — OSNepal

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

LC (KTM) January 21, 2022 0

काठमाडौं, ७ माघ-नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ ९१ पैसा र बिक्री दर ११९ रुपैयाँ ५१ पैसा कायम गरेको छ ।युरोपियन यूरो एकको खरिद दर १३४ रुपैयाँ ९५ पैसा र बिक्री दर १३५ रुपैयाँ ६३ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६२ रुपैयाँ एक पैसा र बिक्री दर १६२ रुपैयाँ ८३ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ९१ पैसा र बिक्री दर १३० रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ र बिक्री दर ८६ रुपैयाँ ४३ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ २१ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ६९ पैसा छ ।जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ४० पैसा र बिक्री दर १० रुपैयाँ ४५ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७४ पैसा र बिक्री दर १८ रुपैयाँ ८४ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ७० पैसा र बिक्री दर ३१ रुपैयाँ ८६ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ६६ पैसा र बिक्री दर ३२ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३९ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५३ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नाै रुपैयाँ ९९ पैसा र बिक्री दर १० रुपैयाँ पाँच पैसा कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर