यी पत्निले राखिन् आफ्नै पतिलाई बिक्रिममा, भयो खल्लबल्ल — OSNepal

यी पत्निले राखिन् आफ्नै पतिलाई बिक्रिममा, भयो खल्लबल्ल

LC (KTM) January 21, 2022 0

काठमाडौं । एक पत्निले आफ्नै लोग्नेलाई बिक्रिमा राखेकी छिन् । खबर हो न्युजिल्याण्डको ।

लिन्डा म्याक एलिस्टर नामक ति महिलाले पतिले बच्चाको स्कुल विदा भएको समयमा पत्नी र बच्चालाई घरमै छाडेर एक्लै माछा मार्ने रमाइलो सहितको घुमफिरमा निस्किएको आरोपमा पतिलाई बिक्रिमा राखेकी थिइन् ।

घरमा सल्लाह नगरीकनै सधै एक्लै घुम्न निस्कने आफ्नो पतिदेवमाथि रिस पोख्नका लागि आवेशमा आएर लिन्डाले पतिलाई बिक्रिमा राखेको बयान दिएकी छिन् ।

त्यसमा उनले आफ्नो पतिको तस्वीरसहित प्रोफाइल तयार गरेर गज्जबको विज्ञापन तयार पोस्ट गरेपछि यी पति पत्नि रातारात संसारभर भाइरल बनेका हुन् ।

लिन्डाले पति ३७ वर्षको हुँदा पनि आफ्नो र छोराहरुको ख्याल नगरेको गुनासो गर्दै आएकी छिन् । लिन्डाले आफ्ना पतिलाई सुरुवातमा २५ डलरमा लिलामीमा राखेकी थिइन् ।

तर उक्त मूल्य बढेर १ सय डलर तिर्न तयार भएको बताइएको छ । पछि पतिसँगको समझदारीमा ति पत्निले विज्ञापन हटाएको समाचारमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर