भारतमा एकै दिन तेस्रो लहरको संक्रमणमा अहिलेसम्मकै उच्च कोभिड संक्रमित फेला — OSNepal

भारतमा एकै दिन तेस्रो लहरको संक्रमणमा अहिलेसम्मकै उच्च कोभिड संक्रमित फेला

LC (KTM) January 21, 2022 0

नयाँ दिल्ली, ७ माघ- भारतमा कोभिडबाट संक्रमित हुनेको संख्या दिनमै साढे तीन लाख नजिक पुगेको छ । पछिल्लो २४ घन्टामा तीन लाख ४७ हजार २५४ जनामा कोभिड देखिएको छ ।

यो संख्या तेस्रो लहरको संक्रमणमा अहिलेसम्मकै उच्च हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै संक्रमितको संख्या दिनहुँ बढेको छ ।

यसैबीच, दिल्लीमा सरकारले लगाउँदै आएको रात्रीकालीन कर्फ्यू हटाउने भएको छ । कोभिड संक्रमित बढेसँगै सरकारले खोप अभियानलाई तीव्र पारेको छ। पछिल्लो २४ घन्टामा साढे दुई लाख संक्रमित निको भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर